थप १ सय ७५ हिमालको व्यवस्थापनको जिम्मा दिन पर्वतारोहण सङ्घकाे माग

 असार १५, २०७९ बुधबार ७:५८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल पर्वतारोहण सङ्घले थप १ सय ७५ वटा हिमालको व्यवस्थापनको जिम्मा दिन सरकारसँग माग गरेको छ ।

सङ्घका अध्यक्ष निमानुरु शेर्पा नेतृत्वको टोलीले चुली व्यवस्थापनसहित तीन बुँदे मागपत्र प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पेस गर्नुभएको छ ।

सङ्घले यी चुलीको व्यवस्थापनको जिम्मा दिएमा पर्वतारोहणमा जोडिएका अन्तर्राष्ट्रिय संस्थामार्फत हिमालको प्रचार बढ्ने र यसले नेपालको पर्वतारोहण पर्यटनको विकासमा सहयोग मिल्ने जनाएको छ ।

सङ्घले २०७५ सालदेखि पाँच वर्षका लागि २७ हिमालको व्यवस्थापन गर्दै आएको छ । यसबाट सङ्कलित दस्तुरमध्ये ४५ प्रतिशत सङ्घ र ५५ प्रतिशत सरकारले बाँडफाँट गर्दै आएका छन् । यी हिमाल पुनः पाँच वर्षको नवीकरण गर्न सङ्घले प्रधानमन्त्रीसमक्ष माग गरेको छ ।

सङ्घले आरोहीको कल्याणमा खर्च गर्ने गरी कोष खडा गरिदिन सरकारसँग आग्रह गरेको छ । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया