यसरी मनाइँदै धान दिवस (फाेटाे फिचर )

 असार १५, २०७९ बुधबार १३:३७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

पोखरामा आयाेजित धान रोपाइँ कार्यक्रम

काठमाण्डाै -  आज असार १५, धान दिवसका रुपमा मनाइँदैछ ।  आज खेतमा काम गरी दहीचिउरा खाएर मनाउने चलन पनि छ ।

सरकारले २०६१ साल मङ्सिर २९ गते गरेको निर्णयअनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यस वर्ष ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ मनाइँदैछ ।

असार लागेसँगै कृषकहरुलाई खेतबारीमा कामको चटारो छ । आजका दिन असारे भाकामा गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । युवा–युवती, रोपाहारले खेतमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन पनि लिने गर्छन् । असारमा एक पटक हिलोमा पस्नुपर्ने मान्यता नेपाली समाजमा रहेको छ ।

कपिलवस्तुको शिवराज–२, बालापुरकाे अस्सीबिघामा धान दिवस मनाइँदै 

 

उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवद्वारा बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटारमा आयोजित ‘१९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रममा आधुनिक कृषियन्त्रबाट रोपाइँ गर्दै कृषि तथा पशुपक्षी विकासमन्त्री महेन्द्र राय यादव

 भोजपुरको पोखरेमा रोपाइँ गरिँदै। नेकपा (एमाले) जिल्ला कमिटी भोजपुरले यहाँ रोपाइँ कार्यक्रमको आयोजना गरेको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १ को भमकेमा आयोजना गरिएकाे धान रोपाइँ कार्यक्रम

भमकेमा धान राेपिँदै

ललितपुरको खुमलटारमा रोपाइँ गर्दै किसान ।

भोजपुरको पोखरेमा रोपाइँ गरिँदै । नेकपा (एमाले) जिल्ला कमिटी भोजपुरले रोपाइँ कार्यक्रमको आयोजना गरेको हो। 

तस्बिर : रासस

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया