त्रिवि सेवा आयोगले १ सय ४ जना कर्मचारी मागेकोमा सबै फेल

 असार १५, २०७९ बुधबार १३:५०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदमा १ सय ४ जना कर्मचारी माग गरेकोमा परीक्षा दिएका सबै अनुत्तीर्ण भएका छन् । 

त्रिविले उपप्रशासक, शाखा अधिकृत, मुख्य कार्यालय सहायक, आर्थिक उपनियन्त्रक र लेखा अधिकृत पदका लागि कर्मचारी माग गरेर गएको कात्तिकमा परीक्षा लिएकोमा कुनै पनि परीक्षार्थी लिखित परीक्षामा उत्तीर्ण हुन सकेनन् । १ सय ४ जनाको माग भएकोमा सबै गरेर १ हजार ४ सय ६२ जनाले परीक्षा दिएका थिए । जसमध्ये १ सय ३८ जनाको परीक्षा रद्द भएको थियो । 

उपप्रशासक पदमा ४ जनाको माग गरिएकोमा १२ जना, शाखा अधिकृतमा ४० जना माग गरिएकोमा ५ सय ४२ जना, मुख्य कार्यालय सहायकमा ४३ जनाका लागि ७ सय ७७ जना, आर्थिक उपनियन्त्रकमा २ जनाका लागि ३ जना र लेखा अधिकृतमा १५ जनाका लागि १ सय २९ जनाले परीक्षा दिएका थिए । 

त्रिविका अनुसार लेखा सहायक, मुख्य लेखा सहायक र कार्यालय सहायकमा भने परीक्षार्थी उत्तीर्ण भएका छन् । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया