एन्फाका नवनिर्वाचित पदाधिकारीलाई प्रधानमन्त्रीकाे बधाई

 असार १५, २०७९ बुधबार १३:५७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले अखिल नेपाल फुटबल सङ्घ एन्फाका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिनुभएको छ ।

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहितका पदाधिकारीलाई प्रधानमन्त्री देउवाले बधाई तथा सफलताको शुभकामना दिनुभएको हो ।

यस्तै, प्रधानमन्त्री देउवाले नेपालको फुटबलको हितको लागि सहयोग गर्न तयार रहेको आश्वासन पनि दिनुभएको एन्फाले जनाएको छ । यसअघि बिहान एन्फाको नवनिर्वाचित पदाधिकारीको टोलीले बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पनि बधाई लिएको थियो । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया