'अफसिजन' मा सगरमाथा क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटक बढे
साउन ३०, २०७९ सोमबार
काठमाण्डाै – राजस्व अनुसन्धान विभागले ४४ करोड ३८ लाख रुपैयाँ जरिबाना माग गरेर २७ जनाविरुद्ध राजस्व छलीको मुद्दा दायर गरेको छ ।
विभिन्न १३ वटा कम्पनी तथा फर्मका २७ जनाले राजश्व छली गरेर नेपाल सरकारलाई नोक्सानी पुर्याएको भन्दै विभागले २२ करोड १९ लाख रुपैयाँ बिगोको दोब्बरले हुन आउने ४४ करोड ३८ लाख ९३ हजार रुपैयाँ रकम जरिबाना माग गरेर उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
पशुपति रोड क्यारियर नेपाल, सुद्रानिया इम्पेक्स, आर एण्ड आर इन्टरनेश्नल, अरुण क्लोथ सप, एनए इम्पेक्स, एआर साडी कलेक्सन, एजिलिटी मार्केटिङ, खुसी साडी कलेक्सन, एचडीएम इन्टरप्राइजेज, राजकुमार एण्ड सन्स, उत्पव ट्रेड कन्सर्न, फेसन ब्वाइ सेन्टर र दामोदर रिमाल कम्पनी तथा फर्मका सञ्चालकविरुद्ध मुद्दा दायर भएको हो । उनीहरूले मालवस्तु ढुवानी तथा साधनको अनुमगन प्रणाली भीसीटीएसमा गलत बिल बिजक प्रविष्ट गरेको तथा विना बिल बिजक सामान लिएका थिए ।
यस्तै केही कम्पनीले भन्सार नाका प्रयोग नगरि सामान भित्राएर भन्सार, आयकल, मूल्य अभिवृद्धि कर, लाभांश कर लगायतका सरकारलाई तिर्नुपर्ने कर छलेको विभागले जनाएको छ ।