म बाँचुन्जेल केरुङबाट काठमाण्डाै रेल आउँछ जस्तो लाग्दैन : विश्वप्रकाश शर्मा

 असार १५, २०७९ बुधबार १४:४०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ–काठमाण्डाै रेल मार्ग निर्माण गर्न नसक्ने दाबी गर्नुभएको छ । 

आज बुधवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले नेपालले केरुङ–काठमाण्डाै रेल मार्ग निर्माण गर्न नसक्ने दाबी गर्नुभएको हो । उहाँले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्ने कुराको यथार्थता भन्नुपर्ने बताउनुभयो । महामन्त्री शर्माले नेपालले छिमेकी देश चीन र भारतलाई नेपालले केरुङ–काठमाण्डाै रेल मार्ग निर्माण गर्न नसक्ने तर लिजमा बाटो दिने र उपहार प्रोजेक्ट लिन चाहने प्रस्ताव राख्नुपर्ने बताउनुभयो । नेपाल गरिब देश भएकोले दुवै देशको व्यापारका लागि बाटो भाडामा उपलब्ध गराउने कुरा चीन र भारतलाई भन्नुपर्ने उहाँकाे भनाइ छ । 

उहाँले भन्नुभयो, ‘विश्वप्रकाश शर्मा बाँचुन्जेल केरुङबाट काठमाण्डाै रेल आउँछ जस्तो लाग्दैन । हामीले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्नुपर्छ । आउनुपर्छ त्यो तर नेपालले प्रष्ट भन्नुपर्छ, हामी सक्दैनौँ, तिमीहरू व्यापार गर, लिज बाटो दिन्छौँ । हामी गरिब देश हाैँ, तिमीहरूको एउटा गिफ्ट प्रोजेक्ट लिन चाहन्छौँ भन्न भारत र चीनलाई सक्नुपर्छ ।’

महामन्त्री शर्माले नेपालले आफ्नो ढुकुटीको पैसा लगानी गरेर सहुलियत ऋणमा मेची–महाकाली रेल बनाउन सक्नेतर्फ भने ध्यान दिनुपर्ने बताउनुभयो । अहिले केरुङ–काठमाण्डाै रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन गरिरहेको भए पनि रेल कहाँबाट ल्याउने र सक्छौँ/सक्दैनौँ भन्ने आधार नै नरहेको उहाँकाे भनाइ छ । उहाँले एउटै अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित गर्न नसकेको भन्दै एउटाबाट दोस्रोमा जानुपर्ने बेलामा एकै पटक चार वटामा प्रवेश गर्नु गलत भएको बताउनुभयो । 

फरक प्रसङ्गमा महामन्त्री शर्माले गलत सूचनाको असर एमसीसीमा परेको बताउनुभयो । प्रतिवेदन बनाउन मन्त्रिमण्डलमा बस्ने, छलफल, संवाद गर्नेहरूले दिएको गलत सूचनाका कारण पनि जनताहरू भड्किरहेकोले गलत सूचना प्रसारण गर्न नहुने उहाँकाे भनाइ छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

1 Comments

  • बिश्नु

    June 29, 2022, 5:15 p.m.

    तिमी आफू के गर्न जानेका छौ ? खाली गफ !गफमात्र गरेर न माड भुडिमा जान्छ न जोई आफ्नो छोरो पाउने गरि बालिलाग्छे ? विशेष नतिजा निकाल्न विशेष काम गर्नै पर्छ । सन्सार घुम्दा शिसाको चस्मा लाउने ठाउमा धातुको चस्मा लाउदा रछौ ।चिनमा भारतमा सय बर्स पहिलाको प्रबिधिले सम्भव भएको नेपालमा अझै बीस बर्सत बाचौला त्यतिन्जेल पनि सम्भावना देखदैनौ आधुनिक प्रबिधिको बाबजुद पनि ।

  •  0 Reply

तपाईको प्रतिक्रिया