बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

 असार १५, २०७९ बुधबार १४:५८:५ | रासस
unn.prixa.net

बैतडी – बलात्कारको आरोपमा एक वडाध्यक्षससिहत दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीकाे मेलौली नगरपालिका १ का अध्यक्ष शरदसिंह नेगी र त्यही ठाउँका केशवसिंह नेगी रहेका छन् ।  

एक २८ वर्षीया युवतीलाई गएकाे चैत १५ गते बलात्कार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।  

पीडित महिलाको स्वास्थ्य परीक्षण उजुरी दिएकै दिन जिल्ला अस्पतालमा गरिएको छ । आरोपित दुवै जनालाई हिरासतमा राखी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित महिला परिवारकै संरक्षणमा रहेकी छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया