काठमाण्डाै महानगरले सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपल...
जेठ २६, २०८० शुक्रबार
काठमाण्डाै - भारतको तपोवन धार्चुलाको धौलीगङ्गा जलविद्युत् परियोजनाको ड्याम साइटका ढोका खोलेकाले महाकाली नदीमा पानीको सतह बढ्न सक्ने भन्दै आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बिहान ५ बजेदेखि भारतले सिल्ट फ्लशिङ्ग गर्न भन्दै बाँधका ढोका खोलेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
अहिले खोलिएका बाँधका ढोका बेलुका ८ बजेसम्म खुला हुने पनि जिल्ला प्रशासन कार्यालय दार्चुलाले निकालेको सूचनामा उल्लेख छ ।
भारतको पिथौरागढमा रहेको धौलीगङ्गा पावर स्टेशनले आज बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँधको ढोका खोलिने जानकारी जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको थियो । त्यही पत्र अनुसार जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना निकालेको हो ।
यस्तै, महाकाली जलाधारका केही ठाउँमा वर्षासमेत भएकाले नदीमा एक्कासी बहाव बढ्न सक्ने भएकाले सतर्क रहन प्रशासनको आग्रह छ।
तस्बिर : विकीपीडिया