फिलिपिन्समा नयाँ राष्ट्रपतिको शपथ आज

 असार १६, २०७९ बिहिबार १३:२६:३० | एजेन्सी
unn.prixa.net

फिलिपिन्सका नयाँ राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले आज शपथ लिँदै हुनुहुन्छ । मार्कोसले ६० प्रतिशत मतकासाथ प्रतिस्पर्धी लेनी रोब्रेडोलाई पराजित गर्नुभएको हो ।

मार्कोस जुनियरले मनिलामा रहेकाे राष्ट्रिय सङ्ग्रहालयमा शपथ लिने कार्यक्रम रहेको बीबीसीले जनाएको छ ।

समारोहमा सुरक्षाका लागि राजधानी मनिलामा झन्डै १५ हजार सुरक्षाकर्मी तैनाथ गरिएको छ । मार्कोस जुनियरका बुबा फर्डिनान्डले सन् १९६५ देखि १९८६ सम्म देशको नेतृत्व गर्नुभएको थियो । तर उहाँले मार्सल कानुन लागू गरेपछि विद्रोह भयो र उहाँको शासन अन्त्य भएको थियो । त्यसबेला २८ वर्षका मार्कोससहित परिवारले देश छोडेका थिए ।

अहिले नेतृत्वमा पुनः मार्कोस परिवारको पुनरागमन भएको छ । मार्कोस जुनियरको सामाजिक सञ्जाल अभियानले लोकप्रियता बढाएको छ । त्यस्तै निवर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी साराले उपराष्ट्रपतिको शपथ ग्रहण गर्नुहुनेछ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया