अस्ट्रेलियामा लाखाैँ माहुरी 'लकडाउन' मा

 असार १६, २०७९ बिहिबार १४:१७:३५ | एजेन्सी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

अस्ट्रेलियामा लाखौँ माहुरीलाई लकडाउनमा राखिएको छ । घातक परजीवी भेटिएपछि अस्ट्रेलिया सरकारले हजारौँ माहुरीलाई नष्ट गर्ने निर्णय पनि गरेको बीबीसीले जनाएको छ । 

न्यु साउथ वेल्सकाे राजधानी सिड्नी नजिकैकौ बन्दरगाहमा गएको हप्ता भारोआ डिस्ट्रकटर नामक किर्ना एक सय किलोमिटर टाढा रहेको माहुरीकाे घारमा पनि देखिएको छ । 

घातक परजीवीका कारण अस्ट्रेलियाको मह र खाद्य उद्योगलाई लाखौँ अमेरिकी डलर घाटा हुने जोखिम देखिएको बताइएको छ । 

नयाँ जीव सुरक्षा क्षेत्रका माहुरी पालकहरूले अब अर्काे सूचना नआएसम्म घार, माहुरी वा महको चाका अन्यत्र लैजान नपाउने बीबीसीमा उल्लेख छ । माहुरीलाई एक ठाउँबाट अर्काे ठाउँमा लैजान नदिनका लागि लकडाउन गरिएको हो । 

विश्वभर माहुरीका लागि सबैभन्दा ठूलो जोखिमको रूपमा मानिएको भारोआ परजीवी यसअघि अस्ट्रेलियामा देखिएको थिएन । यो परजीवी तिलको दाना जत्रो आकारमा हुन्छ र माहुरीलाई भाइरस सारेर माहुरी समूहलाई कमजोर बनाउने र मार्ने गर्छ  । 

न्यु साउथ वेल्सको सात ठाउँमा यो परजीवी भेटिएपछि अधिकारीहरूले यसलाई नियन्त्रण गर्न केही जैविक सुरक्षा उपायहरू लागू गरेका छन् । परजीवी देखिएको ठाउँको १० किलोमिटर वरपर रहेका चार सय घार नष्ट गरिने र २५ किलोमिटर परसम्मका घारलाई निगरानी गरिने जनाइएको छ । 

न्यु साउथ वेल्समा हजारौँ माहुरी नष्ट गरिसकिएको र माहुरी पालकहरूलाई सतर्कता अपनाउन भनिएको छ । यो परजीवी फैलिए अस्ट्रेलियाको मह उद्योगलाई मात्रै प्रतिवर्ष सात करोड अमेरिकी डलर बराबर घाटा लाग्नेछ । 

यस्तै अस्ट्रेलियाका बदाम, स्याउ र एभोकाडो जस्ता एक तिहाइ खाद्य सामग्री उत्पादन माहुरीकाे परागसेचनमा आधारित छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया