थप ५५ जनामा काेराेना पुष्टि

 असार १६, २०७९ बिहिबार १६:३९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा ५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार ६ सय ९८ जनाको नमुना परीक्षण गर्दा ५५ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  जनाएको छ । 

यही अवधिमा १७ जना सङ्क्रमित निको भएका छन् । याेसँगै अब नेपालमा दुई सय ८० जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । 

थप तीन लाख १६ हजार चार सय ७७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया