विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने वार्डेन पुर्पक्षका लागि जेल चलान

 असार १६, २०७९ बिहिबार १९:३२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नाबालिग विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने काठमाण्डौ बौद्धको सर्वनाम शिक्षालयका छात्रवास सञ्चालक रामजी बस्नेतलाई जिल्ला अदालत काठमाण्डौले पुर्पक्षका लागि जेल पठाएको हो ।

बस्नेतले स्कुलको छात्रावासमा बस्ने ११, १२ र १४ वर्षका बालिकालाई ५/६ महिना अघिदेखि विभिन्न मिति र समयमा छाती तथा संवेदनशील अङ्गमा छुने, अङ्गालो मार्ने शरीरका अन्य भागमा मुसार्ने, सुम्सुमाउने जस्ता काम गरी बाल यौन दुर्व्यवहार गरेकाले भन्दै प्रहरी वृत्त बौद्धमा जाहेरी दरखास्त परेको थियो ।

प्रहरीले गएको जेठ २१ गते बस्नेतलाई रामेछापबाट पक्राउ गरेर काठमाण्डौ ल्याइ अनुसन्धान गरेको थियो । सरकारी वकिलको कार्यालयबाट काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता गरी बहस, पैरवीपछि आज अदालतको आदेशले बस्नेतलाई पुर्पक्षका लागि कारागार कार्यालय डिल्लीबजारमा थुनामा पठाइएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया