तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ब्युँताउन माधव नेपालको प्रस्ताव
जेठ २७, २०८० शनिबार
भारतकाे महाराष्ट्रकाे मुख्यमन्त्रीमा शिवसेना विद्राेही समूहका नेता एकनाथ शिन्देले शपथ लिनुभएकाे छ ।
यसका साथै पूर्वमुख्यमन्त्री देवेन्द्र फडणवीसले उपमुख्यमन्त्री पदकाे शपथ लिनुभएकाे छ । यद्यपि यसअघि फडणवीसले आफू सरकारमा सहभागी नहुने बताउनुभएकाे थियाे । तर अन्तिममा उहाँले राजभवनमा पुगेर शपथ लिनुभएकाे हाे ।
यसैबीच फडणवीसले आफ्नाे ट्विटर ह्यान्डलमा प्रामाणिक कार्यकर्ताकाे नाताले पार्टीकाे आदेश पालना गरेकाे लेख्नुभएकाे छ ।
महाराष्ट्रमा राजनीतिक सङ्कटका बीच हिजाे बुधवार राति उद्धव ठाकरेले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएकाे थियाे ।