धादिङको चिरौँदीमा बस दुर्घटना हुँदा ३० जना घाइते : ७ जनालाई काठमाण्डौ पठाइयो

 असार १७, २०७९ शुक्रबार ६:५७:२९ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - पृथ्वीराजमार्ग अन्तर्गत धादिङकाे गल्छी गाउँपालिका-६ चिरौँदीमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । 

काठमाण्डौबाट रौतहटका लागि छुटेकाे प्रदेश ३–०१–००५ ख–९७२९ नम्बरको बस गएराति दुर्घटनामा परेकाे हाे ।  

बस सडकमा पल्टेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो ।

खाल्डाखुल्डी परेकाे र घुम्ती सडकका कारण दुर्घटना भएको थियो । दुर्घटनामा सामान्य घाइते भएकाहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

सात जना गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाण्डौकाे ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया