युक्रेनको स्नेक आइल्यान्डबाट रुसी सेना फिर्ता

 असार १७, २०७९ शुक्रबार ९:१२:४० | एजेन्सी
unn.prixa.net

रुस–युक्रेन युद्धमा रणनीतिक हिसाबले महत्त्वपूर्ण मानिएको युक्रेनको स्नेक आइल्यान्डबाट रुसी सेना पछाडि हटेको छ ।

युक्रेनले आफ्नो आक्रमणका कारण रुसी सेना पछाडि हटेको दाबी गरेको छ । तर रुसले संयुक्त राष्ट्र सङ्घलाई युक्रेनबाट कृषि उत्पादन ढुवानी गर्न मानवीय मार्ग प्रशस्त गर्न त्यहाँबाट हटेको बताएको छ । स्नेक आइल्यान्ड एक वर्ग किलोमिटरभन्दा पनि सानो छ ।

युक्रेनको सशस्त्र बलका प्रमुख जेनरल भालेरी जुलुजेन्यीले युक्रेनी भू–भागको रक्षा गर्न सघाउने सबैलाई धन्यवाद दिएका बीबीसीले उल्लेख गरेको छ । रुसको रक्षा मन्त्रालयले आफ्नो कदमले युक्रेनबाट कृषि उत्पादन निर्यात गर्न मानवीय मार्ग खोल्ने संयुक्त राष्ट्र सङ्घको प्रयासमा रुसले बाधा नपारेको प्रतिक्रिया दिएको छ ।

युक्रेनले ब्ल्याक सीको उत्तर–पश्चिम क्षेत्रमा आफ्ना कारण अन्न निर्यात गर्न नसकेको दाबी गर्न नपाउने रुसको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया