काठमाण्डौमा भिख माग्न निषेध, अटेर गर्नेलाई कारबाही

 असार १७, २०७९ शुक्रबार ७:२७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै - काठमाण्डाै महानगरभित्रका क्षेत्रमा भिख माग्न निषेध गरिएको छ ।

काठमाण्डाै महानगरपालिकाले सूचना निकालेर महानगर क्षेत्रभित्रका  सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भिख माग्न निषेध गरेको जनाएको हो ।

तर, साधु, सन्त, जोगी वा भिक्षुलाई सनातनदेखि चली आएको परम्परअनुसार घर घरमा पुगी भिक्षा माग्न वा धार्मिक तथा सांस्कृतिक कार्यका लागि भिक्षा माग्न भने पाइने सूचनामा उल्लेख छ ।  

साधुसन्तबाहेक बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम र ज्याला दिइ भिख माग्न वा भीख माग्न दुरुत्साहन नगर्न नगराउन आग्रह गरिएको छ । असहाय, बिरामी, बेवारिसे, अशक्त लगायतले पनि सडकमा भीख माग्न नपाउने भएका छन् ।

यस्ता व्यक्तिका लागि काठमाण्डाै महानगरपालिकाले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्दै आएको महानगरले जनाएको छ । मानव सेवा आश्रमको सेवा आवश्यक परेमा महानगर वा आश्रममा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । अबको १० दिनभित्र नियम पालना नगरे कानुनअनुसार कारबाही गरिने सूचनामा उल्लेख गरिएकाे छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया