महामारीकाे जोखिम बढ्याे : पूर्व तयारीमा जुट्न तथा स्वास्थ्यकर्मी र शय्याको व्यवस्थापन गर्न अस्पताललाई निर्देशन

 असार १७, २०७९ शुक्रबार ७:५२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरुवा रोगको जोखिम बढेसँगै यसको रोकथामका लागि पूर्व तयारी थाल्न स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई निर्देशन दिएको छ ।

मनसुन सक्रिय भएसँगै प्राकृतिक विपद् र खानेपानी दूषित भइ हैजा जस्ता सङ्क्रामक रोग फैलिने जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले रोकथाममा जुट्न निर्देशन दिएको हो ।

मन्त्रालयले विज्ञप्ति निकालेर जनस्वास्थ्यमा पर्न सक्ने क्षतिलाई न्यूनीकरण गर्न सबैले आ–आफ्ना ठाउँबाट आवश्यक सावधानी लिन र तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

यस्तै, महामारी लगायतको प्रतिकार्यका लागि स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न, आवश्यकता अनुसार शय्याको व्यवस्थापन गर्न, औषधि उपकरणको तयारी गर्न अस्पतालहरुलाई भनिएको छ ।

यस्तै, स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र ( एचईओसी) र प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (पीएचईओसी) सँग सवन्वय गर्न पनि भनिएको छ । अहिले हैजा, झाडापखालासँगै कोरोना भाइरसको सङ्क्रमणका बिरामी बढ्दै छन् ।

यस्ता सरुवा रोगबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । खाना खानुअघि र दिसा गरेपछि साबुन पानीले हात धुन तथा मास्क लगाएर मात्र हिँडडुल गर्न मन्त्रालयको आग्रह छ । 


 

अन्तिम अपडेट: चैत १३, २०८०

1 Comments

  • Susmita Basnet

    July 3, 2022, 9:24 a.m.

    Yes we need to be prepared for cholera .

  •  0 Reply

तपाईको प्रतिक्रिया