दाङमा भएको दुर्घटनामा दुई जनाको ज्यान गयो : दुई जना घाइते

 असार १७, २०७९ शुक्रबार ८:३१:३९ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको घोराहीमा भएको दुर्घटनामा दुुई जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

घोराही उपमहानगरपालिका–७ बेसाइमा रा ३ प २९२२ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक मुुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

दुर्घटनामा परि मोटरसाइकल चालक घोराही–१५ का ३५ वर्षीय गङ्गाबहादुर कुँवर र साइकलयात्री घोराही–७ का १६ वर्षीय रितेश केसीको ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा रहेका घोराही–७ का ३८ वर्षीय वसन्त चौधरी र साइकलयात्री १५ वर्षीय विनोद भण्डारी घाइते भएका छन् ।

घाइते दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया