पहिरो गएपछि जाजरकोट–डोल्पा सडक बन्द

 असार १७, २०७९ शुक्रबार ११:९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जाजरकोट–डोल्पा सडक बन्द भएको छ ।

जाजरकोटको नलगाड नगरपालिका–८ मालुवामा पहिरो खसेर सडक बन्द भएपछि यात्रु मारमा परेका छन् ।

गाडी चल्न सकेकाे छैन । रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीय बासिन्दा समस्यामा परेका हुन् । मौसम खराब हुँदा हवाई सेवा ठप्प भएपछि यो सडक हुँदै यात्रा गरेका डोल्पाका यात्रु आज बिहानैदेखि बाटोमै रोकिएका छन् ।

ठूलो ढुङ्गासहित पहिरो खसेर बाटो नै पुरेको छ । सडक खुलाउने काम भइरहेको नलगाड नगरपालिकाका मेयर डम्बर रावतले बताउनुभएको छ । कच्ची सडक र भिरालो जमिन भएका कारण अरु बेला पनि पहिरो खसेर सडक बन्द हुने गरेको छ ।

नेपाली सेनाले निर्माण गरेको जाजरकोट–डोल्पा सडक स्तरोन्नतिको काम भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया