झापाको बुद्धशान्तिमा हात्ती मृत फेला

 असार १७, २०७९ शुक्रबार ११:५१:२४ | रासस
unn.prixa.net

झापा - झापाको बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा एउटा हात्ती मृत भेटिएको छ ।

स्थानीयवासीले आज बिहान ५ बजेतिर खेतमा हात्ती मृतावस्थामा फेला पारेका हुन् । 

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीले विज्ञमार्फत हात्तीको परीक्षण गरिने जानकारी दिनुभयाे।

हात्ती के कारणले मरेको भन्नेबारे परीक्षणपछि मात्र भन्न सकिने उहाँले बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया