रवि लामिछानेकाे पार्टी निर्वाचन आयाेगमा दर्ता, चुनाव चिह्न गाेलाकारभित्रकाे घण्टी

 असार १७, २०७९ शुक्रबार १६:२३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी आज शुक्रवार निर्वाचन आयोगमा दर्ता भएको छ ।

पार्टीको छोटकरी नाम रास्वपा रहेको छ । यस्तै पार्टीले चुनाव चिह्न गोलाकारभित्रको घण्टी पाएको छ ।

निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र लिएपछि लामिछानेले दल दर्ता भएको र पार्टीको सङ्गठन विस्तारमा केन्द्रित हुने बताउनुभयो । नेपालको संविधानसहित प्रचलित कानुनअनुसार आफूहरूको पार्टीलाई आयोगले मान्यता दिएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया