नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि प्रतिवादीकातर्फबाट बहस ...
जेठ २४, २०८० बुधबार
काठमाण्डाै – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले धेरै धन, सम्पत्ति हुने मान्छेहरूको नाम सार्वजनिक गर्नुपर्ने बताउनुभएकाे छ । आज शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल’ मा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
सांसद सुवालले धनी र प्रतिष्ठित व्यक्तिको नाम सूची बनाएर सार्वजनिक गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले धनी मान्छेहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्छ । धनी मान्छेहरूको
नाम प्रतिष्ठित व्यक्तिको नाममा सूची बनाएर सार्वजनिक गर्नुपर्छ । धनीको सूची प्रकाशित गरौँ ।’
उहाँले उमेर भएका मान्छेहरूलाई सामाजिक सुरक्षा भत्ता सँगसँगै सीपमूलक तालिम दिएर स्वरोजगार बनाउनुपर्ने पनि बताउनुभयो ।