सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट नै बाँड्नु पर्छ : गृह मन्त्री खाण

 असार १७, २०७९ शुक्रबार १७:३२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गृह मन्त्री बालकृष्ण खाणले सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीमार्फत नै वितरण गर्नुपर्ने बताउनुभएको छ । 

आज शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल’ मा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले बैंकिङ प्रणालीमार्फत नगर्दा भत्ता दिएबापत सरकारले नभइ व्यक्तिले जस लिने गरी दुरुपयोग हुने उहाँले बताउनुभयो । 

मन्त्री खाणले सात सय ५३ वटा पालिकामध्ये सात सय ५२ वटा पालिकामा बैंक पुगेको र बाँकी एउटा पालिकामा पनि यही असार मसान्तसम्ममा पुग्ने जानकारी दिनुभयो ।

बैठकमा बोल्दै नेकपा एमालेकी सांसद विमला विकले कुमारी आमाहरूलाई पनि एकल महिलाको रूपमा लिइ सामाजिक सुरक्षा भत्ता दिनुपर्ने बताउनुभयो । उहाँले कुमारी आमाहरू सामान्य महिलाको जस्तो जीवनमा फर्किन कठिन हुने भन्दै उनीहरूलाई सामाजिक सुरक्षा भत्ता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया