सक्षम, काम गर्न सक्नेलाई भत्ता दिएर अल्छी बनाउने कि अवसर दिने ? : सांसद सिलवाल

 असार १७, २०७९ शुक्रबार १८:१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका सांसद नवराज सिलवालले लोकप्रियताका लागि बढी सामाजिक सुरक्षा भत्ता बाँड्दा देशले धान्न नसक्ने अवस्था आउने हो कि भन्नेतर्फ सरकारलाई सचेत गराउनुभएकाे छ ।

आज शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल’ मा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । सांसद सिलवालले श्रम गर्न सक्ने एकल महिलाहरूलाई भत्ता दिनुभन्दा आयआर्जनका काममा लाग्न सरकारले प्रेरित गर्नुपर्ने धारणा राख्नुभयाे । उहाँले कुनै श्रममा तथा आयआर्जनमा नजोडिएका एकल महिलालाई मात्र भत्ता दिनुपर्ने बताउनुभयाे ।

उहाँले भन्नुभयो, ‘जो कमाउँछ, श्रम गर्नसक्छ, पढेको छ भने उसलाई भत्ता दिएर अल्छी बनाएर राख्ने कि आर्जन गर्नका लागि, अवसका लागि सरकारले प्रेरित गर्ने ? सक्षम, योग्य व्यक्तिले भत्ता लिने हाेइन काम गर्न थाल्ने हाे ।’

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया