वामदेव गौतम नेकपा एकता राष्ट्रिय अभियान दलबाट निष्कासित

 असार १८, २०७९ शनिबार १९:१:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पार्टी घोषणाको सातौ दिनमै बामदेव गौतम निस्कासित हुनुभएको छ । नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध चार दलले संयोजक वामदेव गौतमलाई निष्कासन गरेको नेता युवराज सफलले जानकारी दिनुभयो ।

अभियानमा आबद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले पाँच बुँदे आरोप लगाउँदै गौतमलाई निष्कासन गरेकाे उहाँले बताउनुभयो । सांगठनिक अराजकता, निरङ्कुश, तानाशाही शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरिएको, अहंकारवादी सोच र एकलौटी निर्णय गरिएको, जालझेल, छलछाम, षड्यन्त्र र तिकडमबाजी कार्यशैली अपनाइएको  र  नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध दलहरुको आडमा शक्ति बनाई शक्तिको चरम दुरुपयोग गरी शक्तिहरुलाई सिध्याउने गतिविधि गरिएको पाँच बुदे आरोप गौतममाथि लगाइएको छ ।

आज सतुंगलको  एक पार्टी प्यालेसमा चार पार्टीको शीर्ष नेताको बैठकले गौतमलाई बहुमतबाट निष्कासन गरी सचिवालय सदस्य युवराज सफलको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति गठन गरेको छ । 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया