कालिकाेटकाे सान्नी त्रिवेणीमा गाउँमै वृद्ध भत्ता

 असार १८, २०७९ शनिबार २०:३९:२४ | मनिराज पाण्डे
unn.prixa.net

कालिकोट – गाउँपालिकाको पहिलो बैठकले निर्णय गरे बमाेजिम कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाले गाउँमै वृद्धभत्ता बाँड्न थालेको छ । 

गाउँपालिकाको पहिलो बैठकले गाउँमै पुगेर वृद्ध भत्ता बाँड्ने निर्णय गरेको थियो । कठिन भूगोल र भिरालो बाटो हिँडेर वृद्धवृद्धाहरुलाई बैंंकसम्म पुग्न असहज भएपछि गाउँपालिकाले बैंकसँगको सहकार्यमा गाउँमै वृद्धभत्ता बाँड्न थालेको गाउँपालिका उपाध्यक्ष पार्वती सिह सञ्यालले बताउनु भयाे । 

रकम भुक्तानी गर्दा इन्टरनेट चाहिने भएकाले अहिले विद्यालय, स्वास्थ्य संस्था वा वडा कार्यालय नजिकैबाट सेवा प्रवाह सुरु गरिएको वडा नं १ का वडा अध्यक्ष बैकुन्ठ गिरीले बताउनु भयाे । गाउँमै वृद्धभत्ता पाएपछि वृद्धवृद्धा खुशी भएका छन् । सान्नी त्रिवेणी गाउँपालिका वडा नं १ र २ मा शनिबार वृद्धभत्ता बाँड्ने काम सम्पन्न भएको छ ।  

अन्तिम अपडेट: चैत १, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया