पेनाङसँग एनआरटी ५–० गोलले पराजित

 असार १९, २०७९ आइतबार ६:४९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबलको दोस्रो खेलमा नेपालको ‘ए’ डिभिजन क्लब न्युरोड टिम एनआरटीले फराकिलो हार ब्यहोरेको छ ।  

मलेसियाको पेनाङ सिटी रंगशालामा भएको खेलमा एनआरटी मलेसियन सुपर लिग क्लब पेनाङ एफसीसँग ५–० गोलले पराजित भएको हो । पेनाङले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा थप तीन गोल थप्यो । पेनाङको जितमा लुकास सिल्भाले ह्याट्रिकसहित ४ गोल गरे । सराभानले एक गोल थपे । यसअघि बिहीबार भएको खेलमा एनआरटी इन्डोनेसियाको लिग टु क्लब कारो एफसीसँग ५–१ गोलले पराजित भएको थियो ।

नेपाललाई हराएसँगै पेनाङ टीवाईटी कपको च्याम्पियन बनेको छ ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया