रुसी र यूक्रेनी सेनाबीच पूर्वी शहर लिसिचान्स्कमा गोलाबारी

 असार १९, २०७९ आइतबार ९:६:३४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – यूक्रेनको पूर्वी शहर लिसिचान्स्कमा रुसी र युक्रेनी सेनाबीच गोलाबारी भैरहेको छ । यो शहर आफ्नो नियन्त्रणमा रहेको दुवै देशले दाबी गरिरहेका छन् ।

रुसी सेनाले त्यहाँ गोलाबारी गरिरहेको छ भने युक्रेनी सेना शहर जोगाउने कसरतमा जुटेको बीबीसीले जनाएको छ । यसअघि रुसले युक्रेनको आवासीय क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गर्दा कम्तिमा २१ जनाको ज्यान गएको थियो । केही दिन अगाडि अमेरिकाले यूक्रेनलाई जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणाली र राडारसहितका युद्ध सामाग्री सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको थियो ।

यूक्रेनले सार्वजनिक रूपमा पश्चिमा देशलाई तत्काल आधुनिक हातहतियार उपलब्ध गराउन आह्वान गरेपछि अमेरिकाले ८२ करोड डलर बराबरको नयाँ सैन्य सहयोग गर्ने घोषणा गरेको हो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया