याे सरकारले देश र नागरिककाे हितमा काम गरेन : ओली
असोज १२, २०८० शुक्रबार
पाँचथर – गएकाे शुक्रवार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ७ का दुई जनाको शव ३७ घण्टापछि भेटिएकाे छ ।
शुक्रवार राति पहिरोले घर बगाउँदा फालेलुङ वडा नम्बर ७ का रुपलाल मगरको परिवारका तीन जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएर बेपत्ता भएकाको खोजी गर्ने क्रममा ४२ वर्षका रुपलालको शव हिजो शनिवार बिहान भेटिएको थियो । रुपलालकी श्रीमती ३८ वर्षकी गोमा मगर र भतिजी १९ वर्षकी एलिसा मगरको शव आज आइतवार बिहान भेटिएको प्रहरीले जनाएको छ ।
घरमाथि खनेको सडकबाट पहिरो गएको स्थानीयवासीले बताएका छन् ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।