चुनावमा अन्तर्घात गर्ने नेता/कार्यकर्तामाथि छानबिन गर्न एमालेले बनायाे समिति

 असार १९, २०७९ आइतबार १९:१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेले गएकाे वैशाख ३० गते सम्पन्न पालिका चुनावमा पार्टी विरोधी गतिविधि गर्ने आफ्ना नेता कार्यकर्तामाथि छानबिन र कारबाहीका लागि कार्यदल बनाएकाे छ । उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन भएकाे हाे । 

समितिको सदस्यमा पार्टीका सङ्गठन विभाग प्रमुख खगराज अधिकारी र निर्वाचन विभाग प्रमुख विष्णु रिमाल रहनुभएको छ । एमालेको आज आइतवार भएको सचिवालयको बैठकले यस्ताे निर्णय गरेको पार्टीका केन्द्रीय प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । पालिका चुनावका क्रममा पार्टीका उम्मेदवार हराउन भूमिका खेल्ने नेता कार्यकर्ताविरुद्ध पार्टीमा उजुरी परेको थियो ।

बैठकले पालिका चुनावकाे विस्तृत समीक्षा, विद्यमान शक्ति सन्तुलनको विश्लेषण गर्ने, आफ्नो सरकारका राम्रा कामका प्रचार र वर्तमान सरकारले जनतालाई असर पार्ने निर्णयकको भण्डाफोर गर्ने निर्णय पनि भएको उपमहासचिव गुरुङले बताउनुभयो । बैठकले विभिन्न केन्द्रीय विभागका सचिवमा मनोनयन र केही नयाँ विभागसमेत गठन गरेको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया