बढ्दो व्यापार घाटाबाट राष्ट्रपति चिन्तित

 असार १९, २०७९ आइतबार १९:२५:२२ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको आर्थिक विकास नभएसम्म देशकाे स्वाभिमान उच्च हुन नसक्ने बताउनुभएको छ । 

राष्ट्रपति भण्डारीले नेपाल युवा व्यवसायी मञ्चको नवनिर्वाचित पदाधिकारीसँग राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आइतवार भएको भेटमा युवा उद्यमीका समस्याको समाधानका लागि नीति र सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले कृषि उपजमा अर्बाैँ रुपैयाँकाे आयातले देशको व्यापार घाटा चिन्ताजनक अवस्थामा पुर्‍याएकाे उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले युवाले राष्ट्रिय उद्यममा चासो दिएकाेप्रति प्रशंसा गर्नुभयो । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया