जसपाले तीन मन्त्रीलाई फिर्ता बोलायो, राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता

 असार २०, २०७९ सोमबार ९:३१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - जनता समाजवादी पार्टी जसपाले तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ । कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ । 

जसपाले तीन जना नयाँ मन्त्रीको रुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोहम्मद इस्तियाक राई, वन मन्त्रालयमा प्रदीप यादव र कृषि मन्त्रालयमा मृगेन्द्रकुमार सिंह यादवलाई पठाउने तयारी गरेको छ ।

‘नयाँ मन्त्रीका लागि अध्यक्षज्यूले नाम पठाउनु भएको छ, कुन मन्त्रालय भन्ने चाहिँ जानकारी भएको छैन’– सिंहले उज्यालोलाई भन्नुभयो । 

जसपा अध्यक्ष उपेन्द्र यादवले हिजो बेलुकी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पार्टीबाट सिफारिस भएका नयाँ मन्त्रीको नाम बुझाउनुभएको छ । जसपामा सङ्घीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षबीच विवाद बढ्दो छ । केही दिनअघि यादव पक्षले बैठक बसेर पुराना मन्त्रीलाई बोलाउने निर्णय गरेपछि विवाद झन् चुलिएको छ । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया