रारा ताल क्षेत्रमा पुग्यो बिजुली

 असार २०, २०७९ सोमबार १८:४९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले कर्णाली प्रदेशको मुगुमा दुई हजार नाै सय ९० मिटर उचाइमा रहेकाे रारा ताल क्षेत्रमा बिजुली पुर्‍याएकाे छ ।

प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४ सय किलोवाट क्षमताको गमगाढ जलविद्युत् गृहबाट उत्पादित बिजुली २५ किलोमिटर प्रसारण लाइन निर्माण गरी आज साेमवारदेखि रारा क्षेत्रका ग्राहकलाई बिजुली उपलब्ध गराएको हो । अहिले त्यस क्षेत्रमा सौर्य ऊर्जाबाट घरायसी प्रयोजनमा मात्र बिजुली प्रयोग हुँदै आएको छ । अब जलविद्युत् गृहबाट उत्पादित बिजुली २४ घण्टा नै आपूर्ति हुने छ । रारा ताल परिसरमा सञ्चालनमा रहेका होटल, कार्यालय र छेउछाउका घरहरूले बिजुली पाएका छन् ।

रारा ताल परिसरमा २५ केभीए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरी बिजुली आपूर्ति गरिएको छ । प्राधिकरणका प्रादेशिक कार्यालय कर्णालीका प्रमुख शम्भू कुसियत यादवले ट्रान्सफर्मर आजदेखि सञ्चालनमा ल्याइएको बताउनुभयो ।

‘रारा राष्ट्रिय निकुञ्जको जङ्गलमा झन्डै १० किलोमिटर लाइन बनाउनुपर्ने थियो, त्यसले गर्दा केही समय लागेको हो । निकुञ्ज, स्थानीय प्रशासन, सुरक्षार्थ खटिएका नेपाली सेना र स्थानीयवासीसँगको समन्वय र सहयोगमा लाइन निर्माण गरी त्यस क्षेत्रमा बिजुली पुर्‍याउन सफल भएका छौँ’, यादवले भन्नुभयो । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया