थप ४० जनामा काेराेना सङ्क्रमण

 असार २०, २०७९ सोमबार २०:२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार १० जनाको नमुना परीक्षण गर्दा ४० जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

यही अवधिमा १९ जना निको भएसँगै अब नेपालमा तीन सय ३८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन ।

यस्तै थप एक लाख ४४ हजार ६ सय ६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया