रामेछापमा बस दुर्घटना हुँदा ९ जनाकाे ज्यान गयाे, २४ जना घाइते

 असार २१, २०७९ मंगलबार १२:७:३० | दीपक भट्ट
unn.prixa.net

रामेछाप - रामेछापमा बस दुर्घटना हुँदा ९ जनाकाे ज्यान गएकाे छ । २४ जना घाइते भएका छन् । 

रामेछापकाे सुनापथी गाउँपालिकाकाे हिलेदेवीबाट काठमाण्डाैकाे लागि छुटेकाे बा ३ ख ८३९६ नम्बरकाे बस खाँडादेवि गाउँपालिका-१ काे लुभुघाटमा दुर्घटनामा परेकाे हाे । 

ज्यान गुमाउनेमा पाँच जना पुरुष र चार जना महिला रहेका रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार तामाङले जानकारी दिनुभयाे । 

तामाङका अनुसार दुर्घटनामा घाइते भएका २४ जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। केही घाइतेहरुकाे हेलिकप्टरमार्फत उद्धार गरिएकाे तामाङले बताउनुभयाे । 

अहिले शव सङ्कलन र उद्धारकाे कार्य भइरहेकाे उहाँले बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया