बूढीगङ्गा नगरपालिका : मेयरमा एमालेका बानियाँ कांग्रेसका खातीभन्दा ७ सय ८ मतले अगाडि

 असार २६, २०७९ आइतबार ६:३४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बाजुराको बूढीगङ्गा नगरपालिकामा मत गणना भइरहेको छ । मेयर र उपमेयरमा एमालेका उम्मेदवारको अग्रता कायमै छ ।

एमालेबाट मेयरमा रामबहादुर बानियाँ र उपमेयरमा माया कुँवर तथा नेपाली कांग्रेसबाट मेयरमा रङ्गबहादुर खाती, उपमेयरमा रीता शाही प्रतिस्पर्धामा हुनुहुन्छ । पछिल्लो मत परिणाम अनुसार मेयरमा बानियाँले ३ हजार ८ सय ८१ र खातीले ३ हजार १ सय १ मत प्राप्त गर्नुभएको छ  । बानियाँ खातीभन्दा ७ सय ८ मतले अगाडि हुनुहुन्छ ।  उपमेयरमा माया कुँवरले ३ हजार ७ सय ५३ र रीता शाहीले ३ हजार १ सय ५३ प्राप्त गर्नुभएको छ । 

अहिले सम्म वडा नम्बर १, २, ३, ७, ८, ९ र १० को मत परिणाम आइसकेको छ । एमालेले पाँच र कांग्रेसले दुई वडा जितेको छ । वडा १ मा एमालेका रणबहादुर थापा, दुईमा एमालेका पदमबहादुर भण्डारी, तीनमा एमालेकै खड्कबहादुर अधिकारी, वडा ९ मा एमालेका मीनबहादुर सिंह र १० मा एमालेका दलबहादुर साउद विजयी हुनुभएको छ भने वडा ७ मा कांग्रेसका भुवन सिंह केसी र ८ मा कांग्रेसका रमेशबहादुर रावल निर्वाचित हुनुभएको छ ।

बूढीगङ्गामा नयाँ जनप्रतिनिधि चुन्न बिहीवार पुनः मतदान भएको थियो । त्यहाँ १३ हजार ६ सय ५९ जना मतदातामध्ये ९ हजार १ सय २८ अर्थात ६६ दशमलव ८३ प्रतिशत मतदान भएको थियो । गएको वैशाख ३० गते भएको चुनावमा धाँधली भएपछि निर्वाचन आयोगले पुन : मतदान गरेको हो ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया