अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
सुर्खेत – कर्णाली प्रदेशको आउँदाे आर्थिक वर्ष २०७९/०८० को बजेट बहुमतले पारित भएको छ ।
आज साेमवार बसेको प्रदेश सभाको २३ औँ बैठकले आउँदाे आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो । बैठकमा आर्थिक विधेयक २०७९/०८० पनि बहुमतले पारित भएको छ ।
प्रदेश सरकारले आउँदाे आर्थिक वर्षका लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट ल्याएको थियो । प्रदेश सरकारले चालुतर्फ नौ अर्ब १६ करोड ९९ लाख, पुँजीगततर्फ १९ अर्ब ४३ करोड पाँच लाख र पालिकामा वित्तीय हस्तान्तरणतर्फ चार अर्ब एक करोड ५७ लाख रुपैयाँ विनियोजन गरेको छ ।