हावाहुरीले धुवाकोटमा घरगाेठकाे छाना उडायाे

 असार ३१, २०७९ शुक्रबार २०:२७:५५ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – शुक्रवार दिउँसो पानीसहितको हुरीबतासले नीलकण्ठ नगरपालिका १४ धुवाकोट रिमालडीको ३० वटाभन्दा बढी घरमा क्षति पुगेकाे । पानीसहित हुरीबतास चल्दा केही घरकाे छाना उडाएकाे छ भने कुखुरा फर्म र टनेलमा पनि क्षति पुगेकाे छ ।  

१२ घरमा बस्न नहुने अवस्था आएको र गोठ, कुखुरा फर्म लगायत गरी ३० वटाभन्दा बढी घरमा क्षति पुगेको नेपाल रेडक्रस सोसाइटी धादिङका सभापति नारायण तिमल्सिनाले जानकारी दिनुभयो । हावाहुरीले घरकाे छाना उडाएपछि केही परिवार छिमेकीकाे घरमा बस्ने अवस्था आएकाे छ । 

अहिले बेलुकीसम्म पनि वडा कार्यालय र अन्य सङ्घ–संस्थाले राहत सामग्री पुर्‍याउन सकेका छैनन् । घर र गाेठकाे छाना उडाएकाहरू जस्ता खोज्न हिँडेका छन् । केही घरमा अन्नपातसमेत नष्ट भएको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया