कमलदहमा डुबेर एक जनाको ज्यान गयो

 साउन ७, २०७९ शनिबार १५:२:४८ | राजु लामिछाने
unn.prixa.net

रुकुम – रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा रहेको कमलदहमा डुबेर एक जनाको ज्यान गएको छ । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ चोकबजारका ४५ वर्षीय गोपाल विकको ज्यान गएको हो ।

आज शनिबार दिउँसो दहमा पौडी खेल्न गएका विकको कमलकाे फूल टिप्ने बेला डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी दिनुभयो ।  

विक दहमा डुबेको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थलमा पुगेर उनको उद्धार गरेको थियो । विकलाई जिल्ला अस्पताल पुर्‍याएलगत्तै अस्पतालले मृत घोषणा गरेको डीएसपी डाँगीले बताउनु भयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया