रुकुम पश्चिममा सडेको अवस्थामा महिलाको शव फेला

 साउन ७, २०७९ शनिबार १६:५४:५१ | राजु लामिछाने
unn.prixa.net

रुकुम – रुकुम पश्चिममा एक महिलाको शव सडेको अवस्थामा फेला परेको छ ।

जिल्लाको मुसीकोट नगरपालिका १ गिलबाङ निपानेमा पहिचान नखुलेकी अन्दाजी ३५/४० वर्षकी महिलाको शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । कार्यालयका प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीका अनुसार महिलाको शव सडेर टाउकोको पुरै भाग खसेको छ । 

शुक्रबार बेलुका गिलबाङको एक पुरानो गोठमा शव कुहिएको अवस्थामा रहेको भनि स्थानीयले खबर गरेपछि प्रहरीकाे टाेली त्यहाँ पुगेको थियो । अहिले शवलाई जिल्ला अस्पताल सल्लेमा राखिएको र थप अनुसन्धान भइरहेको पनि डीएसपी सोतीले बताउनुभयो  ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया