मिटर ब्याजी विरुद्ध ‘कडा कदम’ चालिनेछ : मुख्यमन्त्री राउत

 साउन १५, २०७९ आइतबार १७:३३:३२ | सुनिता महताे
unn.prixa.net

महोत्तरी – मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मिटर ब्याजी विरुद्ध कडा कदम चाल्ने बताउनुभएको छ । आज आइतवार मिटर ब्याज विरुद्ध सङ्घर्ष समितिको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री राउतले पीडितको पक्षमा प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्दै मिटर ब्याजी विरुद्ध कडा कदम चाल्ने आश्वासन दिनुभएको हो । 

मिटर ब्याज सरकारका लागि ठूलो चुनौती बन्दै गएको बताउँदै मुख्यमन्त्री राउतले समाजको विकृतिको रूपमा रहेका मिटर ब्याजीहरूलाई कानुनको दायराभित्र ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी तपाईँहरूको समस्याप्रति गम्भीर छौँ । प्रहरी प्रशासन प्रदेश मातहत नहुँदा पहल गर्न सकिएको छैन । सम्बन्धित ठाउँमा आवाज उठाउँदै आएको छु । चाँडै समस्या समाधानको बाटो पहिल्याइन्छ, ढुक्क हुनुस् ।’

सङ्घर्ष समितिका संयोजक मनोजकुमार पासमान नेतृत्वमा मुख्यमन्त्री निवास मधेस भवन पुगेका पीडितहरूले सात बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका थिए । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुनिता महताे

महताे उज्यालाेका महाेत्तरी सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया