महाेत्तरीमा बैंक रहेकाे भवनमा आगलागी

 साउन १६, २०७९ सोमबार १६:१७:३७ | सुनिता महताे
unn.prixa.net

महाेत्तरी – महाेत्तरीकाे बर्दीवास नगरपालिकामा बैंक रहेकाे भवनमा आगलागी भएकाे छ । सिद्धार्थ बैंक रहेकाे भवनकाे माथिल्लाे तलामा आगलागी भएकाे हाे । 

अहिले वारुण यन्त्र र सुरक्षाकर्मीकाे टाेलीले आगाे निभाउने प्रयास गरिरहेकाे प्रहरीले जनाएकाे छ । आगलागीकाे कारणबारे पत्ता लागेकाे छैन । 

आगलागी भएको ठाउँमा के–कति क्षति भयो भन्ने तथ्याङ्क पनि आउन बाँकी छ । आगलागीबाट सिद्धार्थ बैंक रहेकाे तलामा भने क्षति पुगेकाे छैन । आगलागी भएकाे भवन नजिकै अर्काे भवनमा एसबीआई बैंक पनि रहेकाे छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

सुनिता महताे

महताे उज्यालाेका महाेत्तरी सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया