नारायणगढ–मुग्लिन सडक खण्ड खुल्याे

 साउन २०, २०७९ शुक्रबार ९:२१:४८ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड केहीबेरअघिदेखि सञ्चालनमा आएको छ ।

भरतपुर महानगरपालिका-२९ मा रहेकाे केराबारीमा पहिरो खस्दा गएराति २ बजेदेखि सडक अवरुद्ध भएको थियो ।

लेदोसहितको पहिरो हटाएपछि सडक सञ्चालनमा आएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ । 

एक हप्ताको अवधिमा यस क्षेत्रमा पटक-पटक पहिरो खसेर सडक अवरुद्ध भइरहेकाे छ । बर्खाको समयमा नारायणगढ–मुग्लिन सडकमा यात्रा गर्दा सडककाे अवस्थाबारे ख्याल गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ।

अन्तिम अपडेट: चैत २९, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया