हिजो बिहानदेखि बन्द सुर्खेत–जुम्ला सडक खुल्यो

 साउन २२, २०७९ आइतबार ९:२:३५ | मनिराज पाण्डे
unn.prixa.net

कालीकाेट - सुर्खेत–जुम्ला सडक खण्ड खुलेको छ । कालीकोटको सुनार खोलामा गाडीको एक्सल भाँचिएपछि हिजो बिहानदेखि बन्द सडक खण्ड अघि बिहानदेखि खुलेको हो ।

सडक छेउबाट सहायक बाटो बनाइ सडक खुलाइएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो ।

सडक खुलेपछि नेपालगञ्ज र सुर्खेतबाट कालीकोट, जुम्ला र मुगुका लागि छुटेका गाडी  गन्तव्यतर्फ लागेका छन् । यस्तै, देशभरका १ सय २० सडकमध्ये दुई वटा बन्द छन् । बाढी पहिरोका कारण साँफेबगर–मार्तडी–कोल्टी र कोइलाबास लमही सडक बन्द भएकाे छ । 

अरु १४ वटा एकतर्फी छन् भने १ सय ४ वटा सडक दुईतर्फी नै खुलेका सडक विभागले जनाएको छ।   
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया