चितवनको राप्तीमा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिइएन !

 साउन २४, २०७९ मंगलबार १९:५५:५४ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवनको राप्ती नगरपालिकामा सरुवा भएर गएका प्रमुख प्रशासकीय अधिकृतले कार्यालयमा हाजिर गर्न पाएका छैनन् । गएकाे साउन ११ गते राप्तीका लागि सरुवा हुनुभएका प्रमुख प्रशासकीय अधिकृत शुकदेव लम्सालले आजसम्म पनि नगरपालिकामा हाजिर गर्न पाउनुभएकाे छैन ।

चितवनकै भरतपुर महानगरपालिकामा काम गरिरहनुभएका लम्साल सरुवा भएपछि गएकाे साउन १७ गते राप्ती नगरपालिका जानुभएको थियो । तीन पटकसम्म हाजिरीका लागि नगरपालिका पुगेको बताउँदै लम्सालले त्यहाँ आफूलाई सहजै हाजिर गर्ने वातावरण नभएको बताउनुभएको छ । राप्ती नगरपालिका मेयर शम्सेर लामाले भने आफूले हाजिर गर्न नरोकेको बताउँदै आउनुभएको छ । 

राप्ती नगरपालिकाका कार्यरत कार्यकारी गंगाबहादुर भुजेलको सरुवा भइसकेको भए पनि अहिले उहाँले नै हाजिर गरिरहनुभएको छ । दुई वर्षभन्दा लामो समय राप्तीको प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्नुभएका भुजेल बाग्लुङकाे गलकोट नगरपालिका सरुवा भइसक्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया