चितवनमा नारायणी नदीले बगाएर गैँडा मर्याे

 साउन २६, २०७९ बिहिबार १२:२५:५० | राधेश्याम खतिवडा
unn.prixa.net

फाइल फाेटाे

चितवन - नारायणी नदीले बगाएर २५ वर्षको भाले गैँडा मरेकाे छ । गएकाे साउन १२ गते नारायणी नदीमा आएकाे बाढीले बगाएर लगेकाे गैंँडा मृत अवस्थामा भारतकाे गण्डक ब्यारेकमा भेटिएको हाे । 

त्रिवेणीमा रहेको गण्डक नहरको १० नम्बर गेटमा मृत अवस्थामा गैँडा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो।

भारततर्फ पर्ने गण्डक ब्यारेकको ढोका नजिक मृत फेला परेको गैँडालाई भारतको वाल्मिकि टाइगर रिजर्भकाे प्राविधिक टोलीले व्यवस्थापन गरेको उहाँले बताउनुभयो ।

‘भारतीय क्षेत्रमा फेला परेकाले त्यहीँकाे नियम अनुसार मृत गैँडाको व्यवस्थापन भयो’ उहाँले भन्नुभयो ‘लिखित जानकारी आएको छैन तर मौखिक सूचना पाएका छौँ ।’ मृत गैँडाको खाग र खुर भने सुरक्षित रहेको उहाँले बताउनु भयाे। नेपालमा मृत गैँडाको खाग निकालेर राख्ने नियम भए पनि भारतकाे नियम अनुसार निकालिँदैन।

नेपालमा मरेकाे गैँडालाई गाड्ने नियम भए पनि भारतमा जलाउने गरिन्छ।  

अन्तिम अपडेट: चैत १४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया