फोहरको थुप्राेमा कुहिएको खेल खेलेर राजनीतिको नाम नदिउँ : बालेन्द्र शाह

 साउन २९, २०७९ आइतबार १९:३५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहरमा राजनीति नगर्न आग्रह गर्नुभएको छ ।

धादिङको धुनिबेँशी नगरपालिका वडा नम्बर १ का राजनीतिक दलहरूले बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक्ने भन्दै आन्दोलन गर्ने घोषणा गरेकोप्रति टिप्पणी गर्दै मेयर साहले फोहरको थुप्राेमा कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिन आग्रह गर्नुभएको हो ।

धुनिबेँशी नगरपालिका वडा नम्बर १ का कांग्रेस, माओवादी र एकीकृत नेकपा समाजवादीका वडा प्रमुखहरूले संयुक्त रूपमा ती दलका नगर समितिलाई लेखेको पत्रसहित फेसबुकमा स्टाटस लेख्दै साहले बञ्चरेडाँडामा फोहर फ्याँक्न आधिकारिक सम्झौताहरू भएको उल्लेख गर्नुभएको छ । उहाँले सिसडाेलमा पानीको मुहानमा फोहर फ्याँकेको र फोहर बोक्ने गाडीले बाख्रा मारेको समस्या समाधान हुनासाथ काठमाण्डौको फोहर उठाउन नदिन अर्को समस्या देखिएको बताउनुभएको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया