पुल भत्किएपछि खेरसनमा रूसी सेना फसेको युक्रेनको दाबी

 साउन ३०, २०७९ सोमबार ७:३२:५६ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

युक्रेनको दक्षिणी खेरसन क्षेत्रमा आक्रमणका क्रममा निप्रो नदी तरेका रूसी सैनिक आवागमनका लागि रणनीतिक मानिएको पुलमा क्षति पुगेपछि थप कठिनाइ भएको छ ।

रुसी सेनाले युक्रेनमाथि आक्रमणको सुरुवातमा डेनिप्रोको दक्षिणी सहर खेरसन कब्जा गरेको थियो । यो नै उनीहरूले अहिलेसम्म जितेको एक मात्र क्षेत्रीय राजधानी हो ।

यस क्षेत्रमा उनीहरूले नियन्त्रण गरेका तीन पुलहरूमध्ये दुई सडक यातायातको लागि र एउटा रेल आवागमनको लागि महत्त्वपूर्ण मानिएका थिए । युक्रेनले पुल भत्काइदिएपछि रूसी सेना खेरसनमा फसेका युक्रेनले दाबी गरेको एएफपीले जनाएको छ ।

युक्रेनी सेनाले पुलमा आक्रमण गरेपछि रूसले आफ्नो सेना पुनः आपूर्ति गर्न गोलाबारी, उपकरण र खाद्यान्न ढुवानी गर्न सकेको छैन । बेलायतको रक्षा मन्त्रालयले जारी गरेको ब्रिफिङमा डेनिप्रोको पश्चिमी किनारमा रूसको नियन्त्रणमा रहेको क्षेत्रमा जाने दुई वटा सडक पुल प्रयोगविहीन भएको उल्लेख छ ।  

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया