अबकाे तीन दिन ठूलो पानी पर्ने सम्भावना कम : मौसमविद्

 साउन ३०, २०७९ सोमबार ७:४२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अहिले काठमाण्डौ उपत्यकाको मौसम घमाइलो भएको छ । बिहानैदेखि मौसम खुलेर घमाइलो भएको हो ।

काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा पनि घाम लागेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । प्रदेश-१ र मधेस प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम बदली भएको छ भने बाँकी ठाउँको मौसम खुलेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका भने धेरैजसो ठाउँमा बदली भएर केही ठाउँमा सामान्यदेखि मध्यम खालको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको र बाँकी प्रदेशका केही ठाउँमा सामान्य बदली हुने महाशाखाले जनाएको छ । भरे राति भने पूर्वी क्षेत्रका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको छ ।

आउँदो तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना भने कम रहेको मौसमविद् अधिकारीले बताउनुभयो । मनसुनको न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ रहेकोले ठूलो पानी पर्ने सम्भावना नरहेको हो।  
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया