‍सुर्खेतमा लागुऔषधसहित चार जना पक्राउ

 साउन ३०, २०७९ सोमबार ९:३६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुर्खेत वीरेन्द्रनगरबाट लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् ।

कर्णाली प्रदेश प्रहरी लागुऔषध ब्युरो शाखा, जिल्ला प्रहरी र नगर प्रहरी सुर्खेतबाट खटिएको टोलीले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ बाट लल्लु भन्ने किरण गिरी र उनकी श्रीमती सरला शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट ४७ ग्राम ६ सय २० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको उहाँले बताउनुभयो । यस्तै, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ बाट भीमबहादुर रोकाया र जीवनकली थापा घिमिरेलाई सात पुरिया लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया